
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । हुम्लामा दशैंमा घर पोत्नका लागि सेतो कमेरो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसरा मल्ल छन् । घटना बुधबार बिहान ८ बजेतिरको हो ।
उनीहरु सोही वडाको औलस्थित सियाणी खोलामा घर पोत्नका लागि चाहिने सेतो कमेरो खन्न गएका थिए । ठूलो ओडारभित्र खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
उनीहरूसँगै गएका २६ वर्षीय लालबहादुर शाही भने घाइते भएका छन् ।
अहिले शव पालिकामा राखिएको छ । पोस्टमार्टमका लागि सिमकोटबाट चिकित्सकको टोली ताँजाकोटतर्फ लागेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij