
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख तथा प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यले होस्टल व्यवसायीलाई विद्यार्थीलाई निगरानी राख्न सुझाव दिनुभएको छ । हिजोआज अनलाइनमा निकै अपराधिक गतिविधि बढेको हुनाले एआइजी बज्राचार्यले व्यवसायीलाई यस्तो सुझाव दिनुभएको हो ।
होस्टल व्यवसायी संघ नेपालको तेस्रो बार्षिक साधारणसभाकी प्रमुख अतिथि एआइजी बज्राचार्यले सम्पूर्ण व्यवसायीलाई छात्रछात्राको तौरतरिका ख्याल गरिदिनु हुन अनुरोध गर्दै भन्नुभयो, 'हिजोआज अनलाइन जुवा र अपराधका घटना बढेको हुनाले छात्रछात्राले के गरिरहेका छन् बुझ्न निकै जरुरी छ ।’
एआइजी बज्राचार्यले होस्टल व्यवसायीले सुरक्षाका सम्बन्धमा कुनै शिक्षा र सहयोग महसुस गरे प्रहरीले आफ्नो भूमिका निभाउनेछ भनेर वाचा गर्नुभयो ।
यसैबीच, संघका अध्यक्ष सुनिल भेटवालले संघले निरन्तर होस्टल व्यवसायीको हकहितमा काम गर्दै आइरहेको जानकारी गराउँदै आजदेखि संघ सँगसँगै एभरेष्ट हस्पिटल र माछापुच्छ«े बैंकको समन्वय र सहकार्य दिगो रहेकोमा खुशी व्यक्त गर्नुभयो ।
संघको तेस्रो बार्षिक साधारणसभामा संस्थाका संरक्षक, संस्थापक अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
तस्वीर सौजन्य : श्याम सुन्दर यादव
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij