Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

लागुऔषधसहित चन्द्रागिरिबाट युवक पक्राउ

लागुऔषधसहित चन्द्रागिरिबाट युवक पक्राउ

  • काठमाडौं । काठमाडौँको चन्द्रगिरिबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका- २ नागढुंगास्थित चेक प्वाइन्टबाट प्रहरीले पर्साका ३३ वर्षीय विनोद धामी थारुलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१।००६ स्व ३१३९ नम्बरको बसमा सवार थारुलाई प्रहरी प्रभाग नागढु‌ङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

    थारुले लगाएको जिन्स पाइन्टको भित्रबाट २० पत्ता नाइट्राभेट १० (५९८ ट्याबलेट) बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी बृत्त थानकोटको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij