Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

दरबारमार्ग कन्सर्टमा धकेलाधकेल गर्ने ४ जना पक्राउ

दरबारमार्ग कन्सर्टमा धकेलाधकेल गर्ने ४ जना पक्राउ

  • काठमाडौं । काठमाडौँको दरबारमार्गमा संविधान दिवसको अवसर पारेर बिहीबार आयोजित ‘नेसनल डे कन्सर्ट’मा धकेलाधकेल गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    कन्सर्ट चलिरहेको बेलामा केही युवाहरूले भिडमा उत्तेजित हुँदै धकेलाधकेल गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    पक्राउ पर्नेमा बझाङका १९ वर्षीय तिलक खडका, कैलालीका १८ वर्षीय सन्तोष धामी, २० वर्षीय समिर देवल र दार्चुलाका २३ वर्षीय दिपेन्द्र धामी रहेका छन् । पक्राउ परेका चारै जनालाई दरबार प्रहरी बृत्तमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij