
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसा पत्रबाट सम्मानित भए । पलेशाका पिता प्रदिपलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्टिच्युतमा भएको कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्याम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij