Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आज पनि सुनको मुल्यमा नयाँ रेकर्ड

आज पनि सुनको मुल्यमा नयाँ रेकर्ड

  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले रेकर्ड कायम गर्न सफल भएको छ । लगातार रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो ।

    यसअघि आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोलामा १५ रूपैयाँ बढेर एक हजार नौ सय १५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij