
Jul 18 2025 | २०८२, साउन २ गते
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको एक लाख ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको एक लाख ९२ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको २२८० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij