
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । गृह मन्त्रालयले थप ३ सहसचिवको सरुवा गरेको छ ।
सरुवा सूची अनुसार रिक्त रहेको कारागार व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी मन्त्रालयका सहसचिव एवम सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईलाई दिइएको छ ।
मन्त्रालयमा यसअघि अतिरिक्त समूहमा रहेका डा.टोकराज पाण्डेलाई मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
यस्तै प्रवक्ता भट्टराई प्रमुख रहेको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij