
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल प्रहरीका कर्मचारीलाई ३० वर्षे सेवा अवधिका कारण अवकाश नदिन भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले बुधवारसम्म सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेको छ ।
सर्वोच्च अदालतले भदौ ६ गते उक्त अन्तरिम आदेश जारी गरेको थियो । भदौ १६ गतेबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका ९० मध्ये २१ जना सिनियर अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि असोज १० गतेलाई पेशी तोकेको छ ।
सर्वोच्च अदालत नियमावलीको नियम ५० मा एकपक्षीय सुनुवाइ गरी अन्तरिम आदेश जारी भएको वा आफ्नो कुरा प्रस्तुत गर्न मौका नपाएको कारण खुलाई कुनै प्रत्यर्थीले अदालतबाट जारी भएको अन्तरिम आदेश रद्द गर्न माग गरी निवेदन दिन सकिने उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij