
Jul 18 2025 | २०८२, साउन २ गते
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी सुनिश्चित भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले पार्टीको विधि निर्माणको अन्योल अन्त्य भएको उल्लेख गर्दै लेखेका छन्- 'विधि निर्माणको अन्योल अन्त्य भएको छ ।
मिसन '८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।'आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।'
विहिबार राति सम्पन्न केन्द्रीय सचिवालय बैठकले २५१ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय पदाधिकारी रहने नयाँ विधान स्वीकृत गरेको छ भने ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने व्यवस्था गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij