Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

महेन्द्र बहुमुखी क्याम्पसमा बम पड्काउने दुई विद्यार्थी पक्राउ

महेन्द्र बहुमुखी क्याम्पसमा बम पड्काउने दुई विद्यार्थी पक्राउ

  • काठमाडौं । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काउने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ का अभियान थापा र सुभम कार्की छन् ।

    images
    images
    images

    उनीहरु सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

    बिहीबार बिहान ९ बजेतिर चर्को आवाजमा बम पड्किएको थियो । मोटरसाइकलमा आएका दुई जनाले सुतली बम विस्फोट गराएर भागेका थिए ।

    भाग्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी केसीले बताए ।

    प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij