Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

दुई संसदीय समितिको सभापतिको निर्वाचन प्रस्ताव दर्ता हुँदै

दुई संसदीय समितिको सभापतिको निर्वाचन प्रस्ताव दर्ता हुँदै

  • काठमाडौं । दुई संसदीय समितिको सभापतिको निर्वाचनका लागि बुधबार (आज) प्रस्ताव दर्ता हुँदैछ।  संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिको निर्वाचन कार्यक्रम अन्तर्गत प्रस्ताव दर्ता हुन लागेको हो। 

    images
    images
    images

    सभापतिमा निर्वाचित गरियोस् भन्ने भनी अर्को एक सदस्यको समर्थनसहित दिउँसो २ देखि ४ बजेसम्म संसद् भवनस्थित महासचिवको कार्यकक्षमा  प्रस्ताव दर्ता गर्ने तालिका छ। दर्ता भएका प्रस्तावको क्रमअनुसार अपराह्न साढे ४ बजे सूची प्रकाशित हुनेछ।  बिहीबार दिउँसो ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा उल्लेख छ। 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij