Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

नदीले पोल र तार बगाएपछि गाउँपालिका उज्यालेविहीन

नदीले पोल र तार बगाएपछि गाउँपालिका उज्यालेविहीन

  • काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि बिजुली आपूर्ति अवरुद्ध भएको छ । कालीगण्डकी नदीले प्रसारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका बिजुलीविहीन बनेको हो ।

    images
    images
    images

    उक्त नदीले शनिवार राति ३२/११ केभी क्षमताको प्रसारण लाइनका तीन वटा पोल र तार बगाएपछि बिजुली आपूर्ति अवरुद्ध भएको हो । अन्नपूर्ण गाउँपालिका–२ कटुञ्जेको भीरबाट खसेको पहिरोले कालीगण्डकीमा छाल उठ्दा २० मिटरमाथि रहेको एउटा कृषि फार्म र बिजुलीको प्रसारण लाइनका पोल, तारमा क्षति पुगेको थियो ।

    अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बिजुलीको अभावमा गाउँपालिकाको सेवा प्रवाह, मोबाइल, इन्टरनेट सेवा प्रभावित बनेको बताए । बिजुली आपूर्ति अवरुद्ध हुँदा तीन हजार दुई सयभन्दा बढी घरधुरी अन्धकार भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij