
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्नेलाई निःशुल्क भर्ना गरिदिने भएको छ ।
सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बुहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्नाबापतको प्रति विद्यार्थी पाँच हजार रुपैयाँ नगरपालिकाले तिरिदिने भएको हो । क्याम्पसमा विद्यार्थीको सङ्ख्या निकै घटिरहेकाले विद्यार्थीलाई भर्नाबापतको रकम निःशुल्क गरेर आफूहरूले तिरिदिने नगरपालिका प्रमुख खिलराज पन्थीले जानकारी दिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij