Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

नापी कार्यालयका सर्वेक्षक यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नापी कार्यालयका सर्वेक्षक यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौं । ४ लाख घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले यादवसँगै मालपोत कार्यालयका खरिदार मोतीराम सुवेद र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    उनीहरुले जग्गा हालसाबिक गराउनकालागि ४ लाख रुपैयाँ घुस लिएको आरोपमा त्यति नै रकम बिगो राखेर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    नापी र मालपोतका कर्मचारी तथा लेखापढी कानुन व्यवसायीको मिलेमतोमा जग्गा हालसाबिक गरेको र काम सम्पन्न भएपश्चात ४ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij