
May 15 2025 | २०८२, जेठ १ गते
ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुर मातहत कार्यालयमा रहेका Quick Response Team (QRT) लाई 'स्मार्ट' बनाएको छ । नागरिकका गुनासो तथा समस्याहरुलाई तुरुन्त सम्बोधन गर्न, विपदको अवस्थामा शिघ्र उद्दार गर्न, शंकितलाई छिटो पक्राउ गर्न, सूचना संकलन गर्न र चुस्त रुपमा कार्य सम्पादन गर्न (QRT) लाई स्मार्ट र प्रविधिमैत्री बनाएको हो ।
यसको विधिवत् शुभारम्भ काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले गरेका छन् । । समयानुकुल स्मार्ट तथा प्रविधिमैत्री बनाई Body worn Camera, पक्राउका लागि आवश्यक पर्ने सामग्रीहरु, First Aid का सामग्री सहितको परिचालन भएका्े परिसर प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij