काठमाडौं । आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन् । २५ सुन्दरीलाई पछि पार्दै केसी मिस नेपाल बनेकी हुन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावत र मिस नेपाल अर्थको उपाधि सुमना केसीले प्राप्त गरेकी छन् ।