Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पोखरा स्कुल बस दुर्घटनाः आमाछोराको मृत्यु

पोखरा स्कुल बस दुर्घटनाः आमाछोराको मृत्यु

  • काठमाडौं । पोखरा महानगरपालिका-२१ गुड्कुमा भएको स्कुल बस दुर्घटनामा मृत्यु भएकी ३३ वर्षीय आरती विकका छोरा ६ वर्षीय प्रिन्सु विकको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

    उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए । ‘आमाले छोरालाई काखमा लिनुभएको रहेछ, आमाको मृत्यु भइसकेपछि उपचारकै क्रममा छोराको पनि मृत्यु भयो,’ एसपी थापाले जानकारी दिनुभयो ।

    images
    images
    images

    बस दुर्घटना भएपछि कास्की प्रहरी प्रमुख एसपी थापाको कमाण्डमा ५५ जना प्रहरी उद्धारमा खटिएका थिए । सोमबार विहान ग १ क ६२१९ नम्बरको स्कुल बस रामदीबाट पोखरा आउँदै गर्दा ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा परेर आरतीको मृत्यु भएको थियो भने छोरा प्रिन्सुको उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो ।पोखराको बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गर्दा उक्त दुर्घटना भएको थियो ।

    दुर्घटनामा परेर विद्यार्थी र बस चालक तथा सहचालक गरी २८ जना घाइते भएका छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल अस्पताल र गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बसमा विद्यार्थी, शिक्षक र अभिभावकसमेत सवार थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij