Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

उपलब्धिको अध्याय थप्दै खुकुरी रम

उपलब्धिको अध्याय थप्दै खुकुरी रम

  • नेपाली मदिरा ‘खुकुरी रम' ले यसवर्ष लण्डन स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ। त्यस्तै यसै वर्षदेखि यो मदिरा अमेरिकामा पनि उपलब्ध हुने भएको छ। नेपाल डिस्टिलरिजका कार्यकारी निर्देशक के के चुरिवालाले खुकुरी रमले आफ्नो उपलब्धिको अध्यायमा एक अर्को कोशेढुंगा थपेको जानकारी दिए । उनले भने, ‘नेपालको आफ्नै मौलिकमदिरा खुकुरी रम लण्डन स्पिरिट प्रतियोगिता २०२० को स्वर्ण पदकबाट विभूषित हुन सफल हुनु हाम्रो कडा मिहिनेत एवं प्रयासको प्रतिफल हो।’

    images
    images
    images


    नेपाल डिष्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले खुकुरीले आफ्नो उत्पादनको समयदेखि नै विश्वबजारमा आफ्नो उपस्थितिको झण्डा गाड्न भरमग्दूर प्रयास गर्दै आइरहेको बताए । उनका अनुसार खुकुरी रम हाल विश्वका १३ देशहरुमा उपलब्ध छ र यो संख्या अझ बढाउने लक्ष्यका साथ काम भइरहेको छ। खुकुरी रम नेपालको अत्यन्त रुचाइएको प्रशाीसत ब्राण्डहरुमध्येको एक हो। यसको गुणस्तर उही उस्तै सर्वश्रेष्ठ रहँदै आएको कम्पनीको भनाइ छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij