Logo

Jul 20 2025 | २०८२, साउन ४ गते

Jul 20 2025 | २०८२, साउन ४ गते

सिरहा

कारागारमा कैदीबन्दीबीच झडप, १३ जना घाइते

कारागारमा कैदीबन्दीबीच झडप, १३ जना घाइते

  • काठमाडौं । सिरहा सदरमुकाम स्थित कारागारमा कैदीबन्दीबीच आपसमा भएको झडपमा १३ जना घाइते भएका छन् ।

    images
    images
    images

    कारागारका नाइके दिपक ठाकुर, मूलनाइके बरुण महतो,चौकीदार विजय महतोसहितका कैदीहरु घाइते भएका हुन्। उनीहरुलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याएको छ । अहिले कारागारको अवस्था तनावग्रस्त छ । झडपपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    images

    सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले झडपबारे अनभिज्ञता जनाए ।

    कारागारमा कैदीहरू अवैध गतिविधि गरिरहेको भन्दै स्थानीय प्रशासनले शनिबार मात्रै अनुगमन गरेको थियो । २ सयजनाको क्षमताको सिरहा जेलमा ४५८ कैदीबन्दी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij