
Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । अमेरिकी अधिकारीहरूले लस एन्जलसस्थित काउन्टी शेरिफ विभागको तालिम केन्द्रमा भएको विस्फोटमा तीन प्रहरी अधिकारीको मृत्यु भएको बताएका छन् ।
यो विस्फोट शुक्रबार बिहान ७:३० बजे (स्थानीय समय) मा भएको थियो ।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले एक्समा पोस्ट गर्दै घटनालाई ‘भयानक’ भनेकी छिन् र तीन अधिकारीको मृत्यु भएको पुष्टि गरेकी छिन् । उनले संघीय एजेन्सीहरू घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताइन् ।
विस्फोटको कारण अझै स्पष्ट भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij