
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सोमबार सर्वोच्च अदालतमा मुद्दाको तारेख लिन एक महिला कालोकोट लगाएर मुद्दा फाँटमा प्रवेश गरिन् । मुद्दा फाँटमा पुगेर उनले एक्कासी कर्मचारीहरुलाई थर्काउन थालिन् । उनले आफू कुनै एक कानुन व्यवसायीको ल फर्ममा काम गर्ने र तारेख लिन आएको भन्दै कर्मचारीलाई ठुलो स्वरले धम्क्याउन थालिन् ।
मुद्दा फाँटमा हल्ला खल्ला हुन थालेपछि तीन जना महिला प्रहरी सुरक्षाका लागि पुगे । सुरक्षाका लागि पुगेका ती महिला प्रहरीहरुले कालोकोट लगाएकी ती महिलालाई शुरुमा सम्झाउन खोजेका थिए । तर ती महिला एक्कासी महिला प्रहरीमाथि आक्रमणमा उत्रिइन् । उनले ती महिला प्रहरीलाई आक्रमण गर्न थालेपछि थप सुरक्षाकर्मी पुगेर उनलाई नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिएकी ती महिलालाई अहिले प्रहरी वृत्त सिंहदबारमा अभद्र व्यवहारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। ती महिला बाँकेको बैजनाथ गाउँपालिका ८ स्थायी घर भई हाल काठमाडौँको माइतीघरस्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीय लुमा चौधरी रहेको प्रहरीले पुष्टि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij