
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । नेपालगञ्जमा नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) बताउँदै ठगी गर्ने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 'डीएसपी हुँ' भन्दै ठगी गर्दै आएका दैलेखको नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैनसिंह विकलाई कोहलपुर नगरपालिका–११ बाट नियन्त्रणमा लिइएको हो ।
विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा गई आफू 'सीआईबीको डीएसपी नवीन शाही हुँ' भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको अभियोग उनीमाथि परेको छ ।
उनले केही व्यक्तिलाई धम्काएर ठगी गरेको सूचना प्रहरीले पाएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले विकका विषयमा केही उजुरी परेकाले पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताए ।
विकले ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा जानकारी गराउन तथा सम्पर्क गर्न सरोकारवालालाई प्रहरीले आग्रहसमेत गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij