
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं। चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन् । बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको टोली र गाडीलाई स्थानीयले घेराउ गरेका थिए । नियन्त्रणमा लिएको गाडीमा उनीहरूले आगजनी गरेका हुन् ।
गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको छ । पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो । वडा नम्बर ८ मा मंगलबार नै सर्भे गरिएको थियो । त्यहाँ सकेर वडा नम्बर ८ कृष्णपुरमा बुधबार बिहान पुग्दा स्थानीयले नियन्त्रणमा लिएको हो ।
बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij