Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

कृषिमन्त्री अधिकारीको आश्वासनपछि कृषि प्राविधिक कर्मचारीको आन्दोलन स्थगित

कृषिमन्त्री अधिकारीको आश्वासनपछि कृषि प्राविधिक कर्मचारीको आन्दोलन स्थगित

  • काठमाडौं । गत असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन् ।

    images
    images
    images

    १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा धर्ना बस्दै कर्मचारीहरूले आन्दोलन स्थगित गरेका हुन् ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले आफूले मन्त्रीको आग्रहमा दुई साताका लागि धर्ना स्थगित गरेको बताए । तर आफ्नो माग पूरा नहुँदासम्म काममा भने नफर्कने उनले बताए ।

    कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा बसेका थिए । २०८१ आषाढ १६ गतेदेखि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीहरूले धर्ना दिईरहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij