
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा रेकर्ड बनाइरहेको छ । असार ३० गते प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँ कायम हुँदै रेकर्ड बनाएको छापावाल सुनले आज तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ४७ हजार १ सय रूपैयाँ कायम भएको छ ।
यस्तै, मंगलबार चाँदी भने तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij