Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

  • काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मूल्य हो ।

    images
    images
    images

    यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij