
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँ कायम भएर रेकर्ड बनाएको छापावाल सुनको मूल्य आज स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ४६ हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य भने तोलामा २५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij