Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

त्रिशूलीमा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटियो

त्रिशूलीमा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटियो

  • काठमाडौं । त्रिशुली नदीमा बेपत्ता भएका यात्रुमध्ये एक पुरुषको शव भेटिएको छ ।

    images
    images
    images

    नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षिय पुरुषको शव फेला परेको हो । शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइटा बस त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जनाको शव भएको आशंका गरिएको छ ।

    शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । शनिवार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो । भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ ।

    उनीहरु मध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु हुन् । घटनामा काउन्टर बाहेक बीच बाटोबाट समेत चढेका गरि ६५ यात्रु परेको देखिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

    तीमध्ये   ३ जना पौडिएर बाँच्न सफल भएको र ४ जनाको शव भेटिएको छ । तीमध्ये ३ जनाको सनाखत भइसकेको छ भने अर्को एक जनाको सनाखत हुन बाँकी छ । अझै ५८ जना यात्रुको अवस्था अज्ञात छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij