Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

भक्तपुरमा दुई स्कुटर ठक्कर, युवकको मृत्यु,युवती घाइते

भक्तपुरमा दुई स्कुटर ठक्कर, युवकको मृत्यु,युवती घाइते

  • काठमाडौं । भक्तपुरमा दुई स्कुटर ठक्कर खाएपछि एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार सुर्यबिनायक नगरपालिका–७ गुण्डु तीनधारे स्थित सडकमा दुई स्कुटर ठक्कर खाएका हुन् ।

    images
    images
    images

    कटुन्जे थापागाउँ बस्ने २२ वर्षीया राजाराम थापामगर बा.प्र.०२–०२२ प १७४८ नम्बरको स्कुटरमा सवार रहेको अवस्थामा सुर्यबिनायक नगरपालिका–५ गुण्डुमा बा.प्र.०२–०१७ प ५०१२ नम्बरको स्कुरसँग ठक्कर खाएपछि मंगलबार बिहान उनको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । साथै दुर्घटनामा घाइते भएकी बा.प्र.०२–०१७ प ५०१२ नम्बरको स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij