
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । फ्रान्समा चुनावी परिणामलाई लिएर गतिरोधका बीच राष्ट्रपति इमानुएल म्याक्रोनले प्रधानमन्त्री ग्याब्रियल एटेललाई प्रधानमन्त्री पदमा कायम रहन आग्रह गरेका छन् ।
राष्ट्रपति म्याक्रोनले देशको स्थायित्वका लागि एटेल प्रधानमन्त्री रहनु आवश्यक रहेको बताएका छन् । फ्रान्सको आम निर्वाचनमा म्याक्रोनको पार्टी दोस्रो स्थानमा आएपछि एटेलले राजीनामाको प्रस्ताव गरेका थिए ।
उनले आइतबार नै नतिजा आएलगत्तै राजीनामा दिने कुरा गरेका थिए । फ्रान्समा भएको दोस्रो चरणको आम निर्वाचनमा वाम गठबन्धन–न्यु पपुलर फ्रन्टले सबैभन्दा बढी सिट ल्याएको छ भने पहिलो चरणमा नराम्रोसँग पछाडि परेको म्याक्रोनको केन्द्रवादी पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ ।
पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी नेशनल र्याली पार्टी तेस्रो स्थानमा रह्यो। तर तीमध्ये कसैसँग पनि बहुमत नपुगेको र फ्रान्समा त्रिशंकु संसदको अवस्था सिर्जना भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij