Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

ललितपुरमा बन्दै गरेको घरभित्र सुनको धन्दा !

ललितपुरमा बन्दै गरेको घरभित्र सुनको धन्दा !

  • ललितपुर । ललितपुर प्रहरीले भारतीय नागरिकको फ्ल्याटमा छापा मारेर सुन, सुन गाल्ने मेसिन र नगद ५० लाखसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवराज विभुते, विक्रम यलवर, अभिषेख विभुते, सिद्धान्त चौलागाईं र यसवन्त सुनार रहेका छन् ।

    images
    images
    images

    ललितपुर महानगरपालिका–१४ स्थित एक निर्माणाधीन घरमा प्रहरी वृत्त सातदोबाटोको टोलीले खानतलासी गरेको थियो । 

    उनीहरूबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको प्रहरीले जनाएको छ ।

    ललितपुर महानगरपालिका–१४ स्थित एक निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर भारतीय नागरिक युवराजको फ्ल्याटमा खानतलासी गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij