Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

राजधानीमा एकीकृत समाजवादीको र्‍याली

राजधानीमा एकीकृत समाजवादीको र्‍याली

  • काठमाडाैं । नेकपा एकीकृत समाजवादीले काठमाडौंमा र्‍याली निकालेको छ ।

    images
    images
    images

    पार्टीको महाधिवेशन सुरु हुनु अघि समाजवादीले काठमाडौंको भृकुटीमण्डपदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानसम्म र्‍याली निकालेको हो । र्‍यालीमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल लगाएत पार्टीका नेता कार्यकर्ता लगाएत सहभागी भएका थिए ।

    नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी हुने बताइएको छ । असार २० गतेसम्म चल्ने महाधिवशेन मार्फत पार्टीका बिभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने समाजवादीले जनाएको छ ।

    समाजवादीले महाधिवेशनमा निर्वाचित हुनका लागि २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २ सय ९९ तय गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij