
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं। कैलालीको गोदावरी नगरपालिका–४ बाट वेवारिसे अवस्थाको बन्दुक बरामद गरिएको छ । १८ गोलीसहित भरुवा बन्दुक सोमबार बरामद गरिएको हो।
अस्थायी प्रहरी पोष्ट गोदावरीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर पार्की नेतृत्वको टोलीले वेवारिसे अवस्थाको बन्दुक बरामद गरेको हो ।
सेती सामुदायिक वनमा सालको रुखको प्वालभित्र बेवारिसे अवस्थामा राखिएको अवस्थामा भरूवा बन्दुक, –१८ वटा सिसाको गोली, १५ वटा छर्रा र एउटा सानो डिब्बा बारुदको फेला परेको प्रहरीले जनाएको छ ।
बन्दुक बरामदी मुचुल्का गरि नियन्त्रणमा लिएर थप अनुसन्धान भइहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij