
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । आउँदो कात्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग विस्तार लगायतका कारणले दैनिक १० घण्टा बन्द हुने भएको छ । ट्याक्सी वे, पार्किङ वे’लगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाइएको छ ।
विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकबाट काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ । यो पाँच महिना अवधिसम्म रहनेछ ।
२३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टा मात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्छ । विमानस्थल राति २ बजेसम्म चल्दै आएको छ ।
काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै अब वायुसेवा कम्पनीहरूले आफ्नो निर्धारित उडान समय परिमार्जन गर्नुपर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij