
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको १९ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकको १ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो ।
गत मङ्सिर २१ गते सम्पन्न बैंकको २३ औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस शेयर (नेप्से) मा माघ २ गते शुक्रवार नेप्सेमा सुचिकृत भएको हो ।
उक्त बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ । साथै बोनस शेयर धितोपत्रको दोस्रो बजारमा माघ ५ गते आइतवारदेखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइने बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij