Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन माग गरेको छ । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परिवारले सरकारले मलको अभाव छैन भन्ने तर किसानले १० किलोभन्दा बढी मल नपाउने अवस्था रहेको बताए ।

    images
    images
    images

    उनले भक्तपुरका कृषि उब्जनी हुने मध्यपुर ठिमी र बोडे लगायतका किसानहरुले १० किलोभन्दा बढी मल नपाएको बताए । उनले मल अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गरे ।

    उनले किसानहरुले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।उनले कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij