
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन् ।
निरौलाले ३७० मत प्राप्त गरेका थिए भने देउलाले १९१ मत प्राप्त गरेका छन् । निरौला एमालेकी तत्कालीन उपाध्यक्ष तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् ।
त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटाले नवराज पराजुलीलाई पराजित गरेका छन् । सापकोटाले २६४ र पराजुलीले १७४ मत पाएका छन् ।
त्यस्तै सचिवमा राजेश शाक्य ३७० मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी सत्यनारायण डंगोल १९१ मत ल्याएर पराजित बनेका छन् । त्यस्तै उपसचिवमा उद्धव भण्डारी र बिन्दू महर्जन विजयी भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij