
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । उहाँले मङ्गलबार सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथग्रहण गर्नुभएको हो ।
गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । उहाँसँगै मन्त्री परिषद्का ११ जना मन्त्रीहरुले पनि शपथ ग्रहण गर्नुभएको छ ।
विधायक सोनाम लामा, अरुणकुमार उप्रेती, साम्दुप लेप्चा, भीमहाङ लिम्बू, भोजराज राई, जीटी ढुंगेल, पुरनकुमार गुरुङ, न्ट्सो नामग्याल लेप्चा, नर बहादुर दहाल, राजु बस्नेत र छिरिङ थेण्डुप भुटियाले मन्त्रीका रुपमा शपथ ग्रहण गर्नुभयो ।
सिक्किममा गत १९ अप्रेल २०२४ मा सम्पन्न विधानसभा चुनावमा गोलेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ३२ सिटमध्ये ३१ सिटमा जीत हासिल गरेपछि गोलेको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij