Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव फेला

त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव फेला

  • काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशूली नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव फेला परेको छ । घाटबेशीका १५ वर्षीय युनिक सुवेदीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार फेला पारको हो ।

    images
    images
    images

    शनिबार दिउँसो ४ बजेतिर पौडी खेल्ने क्रममा १५ वर्षीय युनिक र १३ वर्षीय रिदम रोइला त्रिशूली नदीमा बेपत्ता भएका थिए ।बेपत्ता भएकामध्ये रिदमको खोजी जारी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    images

    दुई किशोर बेपत्ता भएको सूचना पाए लगत्तै सशस्त्रको आदमघाटस्थित विपद् व्यवस्थापन बेसबाट डीएसपी मदनकुमार रसाईलीको कमाण्डमा ७ जनाको टोली परिचालन भएको थियो ।

    आइतबार सशस्त्रको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट इन्सपेक्टर धनकुमार अधिकारीको कमाण्डमा ५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij