Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

रौतहटका एक युवकको मलेसियामा दुर्घटनामा परी मृत्यु

रौतहटका एक युवकको मलेसियामा दुर्घटनामा परी मृत्यु

  • काठमाडौं । वैदेशिक रोजगारीमा मलेसिया गएका रौतहटका एक युवकको दुर्घटनामा परेर ज्यान गएको छ । मलेसियामा ट्रक दुर्घटनामा परी कटहरिया नगरपालिका-३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनारको ज्यान गएको हो ।

    images
    images
    images

    कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा गत जेठ १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ । मृतकको को शव १० दिनपछि शनिबार साँझ नेपाल ल्याइ अन्त्येष्टि गरिएको छ । 

    हिन्दु परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको दाहसंस्कार गरिएको कटहरिया-३ का वडाअध्यक्ष श्यामान्त यादवले बताए । मलेसिया स्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट  क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ । पछिल्लो एकवर्ष देखि उनी मलेसियामा कार्यरत  थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij