Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

दैनिक १० घण्टा त्रिभुवन विमानस्थल बन्द हुदै

दैनिक १० घण्टा त्रिभुवन विमानस्थल बन्द हुदै

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कार्तिकदेखि ५ महिनासम्म दैनिक १० घण्टा बन्द गरिने भएको छ ।निर्माण गर्नु पर्ने भएकाले आगामी कात्तिकदेखि चैतसम्म विमानस्थल दिनहुँ १० घण्टा बन्द गरिन लागेको हो ।

    images
    images
    images

    कार्तिकबाट राती १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्यन प्राधिकरण स्रोतले जनाएको छ । कात्तिक २३ गतेदेखि चैत १८ सम्म विमानस्थलमा निर्माण कार्य गर्न लागिएको स्रोतको भनाइ छ ।

    विमानस्थलको क्षमता र सुरक्षा मापदण्डलाई सुधार गरिनुका साथै नयाँ ट्याक्सीवेको सुदृढीकरण गर्ने प्राधिकरणको योजना छ ।

    विमानस्थलको मास्टर प्लानअनुसार हवाई क्षेत्रको क्षमता र सुरक्षा मापदण्ड सुधार गर्न लागिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका बेला अन्तर्राष्ट्रिय उडानको चाप घटाउन गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने प्राधिकरणको योजना छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij