
Jul 18 2025 | २०८२, साउन २ गते
बिहीबार न्यायाधीश लम्सालले सर्वोच्च अदालत पुगेर राजीनामा दिएका हुन् । सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले यसको पुष्टि गरेका छन् ।
उनी उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए ।
उनी एक वर्षपछि उमेर हदका कारण अवकाशमा जाने थिए । त्यसअगावै स्वास्थ्य अवस्थाको कारणले राजीनामा दिएका हुन् ।
योसँगै उच्च अदालतमा न्यायाधीशको रिक्त पद २७ पुगेको छ । यसअघि दुई जना मुख्य न्यायाधीश सर्वोच्च अदालतका न्यायाधीश भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij