Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेपाल, यादव र ठाकुर देउवा निवासमा पुगे

नेपाल, यादव र ठाकुर देउवा निवासमा पुगे

  • काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई तीन नेतालाई आफ्नो निवासमा बोलाएका छन् ।

    images
    images
    images

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।

    मधेस प्रदेशको सरकारको विषयमा छलफल गर्न नेताहरू जुटेको आकलन गरिएको छ । मधेस सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए ।

    त्यहाँ नयाँ सरकार गठनको पहल चलिरहेको छ ।

    संघमा पनि कांग्रेसले जसपा नेपाल तथा लोसपा लगायतका दललाई समेटेर विपक्षी दलहरूको बैठक राख्दै आएको छ । एकीकृत समाजवादी भने सत्ता गठबन्धनमै छ । यद्यपि, सत्ता गठबन्धनप्रति बेलाबेलामा अध्यक्ष नेपालको असन्तुष्टि सार्वजनिक हुने गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij