
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्षीय दलहरूसँगको बैठकमा पुरानै अडान दोहोर्याउने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको सहमहामन्त्री जीवन परियारले बताए । साँझ ५ बजेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरूको बैठक बोलाएका छन् ।
त्यहाँ गएर पुरानै अडान दोहोर्याउने कांग्रेसको निर्णय छ । “हामीले पुरानै अडान दोहोर्याउँछौँ, त्यसमाथि समझदारीको बिन्दु आउँछ भने त्यसबारे छलफल त्यहीँ गर्छौँ,” परियारले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक र सहमहामन्त्री परियार जाँदैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij