Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एमाले अध्यक्षमा घर्तीमगर निर्वाचित

एमाले अध्यक्षमा घर्तीमगर निर्वाचित

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १०औं जिल्ला अधिवेशनले घर्तीमगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

    images
    images
    images

    शनिबार सम्पन्न अधिवेशनले घर्तीमगरको अध्यक्षतामा एक सय एक सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

    नवगठित कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जिसीलाई चयन गरिएको छ ।

    जिल्ला कमिटी सदस्यमा दलिततर्फ र जनजातिमा आठ–आठ, ४० वर्षभन्दा कम उमेरका युवा १६, महिला खुला चार, मजदुर, अल्पसङ्ख्यक, अपाङ्ग, मुस्लिम गरी एक–एकजना चयन भएका नेकपा एमाले पाल्पाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij