
Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रक्रिया अघि बढाउन संघीय स्तरका सबै निकायलाई परिपत्र गरेको छ ।
मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १८ तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ अनुसार कर्मचारीको सरुवाको काम हरेक वर्षको भदौ १ गतेदेखि भदौ मसान्तसम्म सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था अनुसार सरुवा व्यवस्थापनका लागि तोकिएको ढाँचामा कर्मचारीको विवरण पठाउन सबै निकायलाई परिपत्र गरेको हो ।
त्यसका लागि सरुवा चाहने कर्मचारीले निवेदन दिनुपर्ने, निजामती सेवामा कार्यरत र सरुवा हुन चाहने कर्मचारीले आफ्नो व्यक्तिगत विवरण राष्ट्रिय कितावखानमा अद्यावधिक गरी २०७२ साउन मसान्तभित्र मन्त्रालयको इमेल ठेगानामा नियमावलीको अनुसूची ९ अनुसारको ढाँचामा निवेदन पेश गर्न निर्देशन दिएको छ ।
यस्तै सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायले आफ्नो मातहतका निकायमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण राष्ट्रिय किताबखाना (निजामती)सँग समन्वय गरी ७ दिनभित्र अद्यावधिक गराउन भनेको छ ।
मन्त्रालयले सरुवा प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित यो निर्देशन जारी गरेको जनाउँदै सबै सरोकारवाला निकाय र कर्मचारीलाई तोकिएको म्यादभित्र प्रक्रिया पुरा गर्न अनुरोध गरेको छ । यसले कर्मचारी व्यवस्थापनमा एकरूपता ल्याउने र सेवा वितरणमा समेत सकारात्मक प्रभाव पार्ने मन्त्रालयको विश्वास छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij