Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

गाजालाई नियन्त्रण लिने इजरायलको निर्णय गलत- स्टारमर

गाजालाई नियन्त्रण लिने इजरायलको निर्णय गलत- स्टारमर

  • काठमाडौँ । बेलायतका प्रधानमन्त्री केयर स्टारमरले इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजाको नियन्त्रण लिने निर्णय गलत भएको बताएका छन् ।

    images
    images
    images

    स्टारमरले इजरायलको निर्णयलाई गलत भन्दै यसलाई पुनर्विचार गर्न अपील गरेका छन् ।स्टारमरले भनेका छन्- 'इजरायली सरकारको गाजामा आक्रमण बढाउने निर्णय गलत छ ।

    images

    हामी उनीहरूलाई तुरुन्तै पुनर्विचार गर्न अपील गर्दछौं । गाजामा मानवीय संकट दिन प्रतिदिन बढ्दै गइरहेको छ । हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई भयानक र अमानवीय अवस्थामा राखिएको छ । हामीलाई अब युद्धविरामको आवश्यकता छ ।

    'यसअघि, इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले शुक्रबार बिहान भएको बैठकमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij