
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । धितोपत्र बजार लगानीकर्ताका संगठनहरुले आगामी बजेटमार्फत पूँजीगत लाभकरलाई संशोधन गर्न सुझाव दिएका छन् । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरिरहेका बेला लगानीकर्ताका संगठनहरुले पूँजीगत लाभकर घटाउन आग्रह गरेका हुन् ।
दीर्घकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर हाल ५ प्रतिशत रहेकोमा त्यसलाई घटाएर ३ प्रतिशत कायम गर्न उनीहरुले आग्रह गरेका छन् । १ वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गरेका लगानीकर्ताले नाफामा ५ प्रतिशत कर तिर्दै आएका छन् ।
त्यस्तै अल्पकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर हाल ७.५ प्रतिशत रहेकोमा बजेटमार्फत ५ प्रतिशतमा झार्न उनीहरुले सुझाव दिएका छन् । १ वर्षभन्दा कम अवधि सेयर होल्ड गरेर बिक्री गर्दा आउने नाफामा लगानीकर्ताले हाल साढे ७ प्रतिशत कर तिर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij