
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं - पछिल्लो समय नेपाली बजारमा लग्जरी इलेक्टीक कार भित्रिने क्रम तीव्र छ । व्यवसायीहरूले हप्तैपिच्छे नयाँ नयाँ ब्राण्डका ईभी नेपाल ल्याइरहेका छन् ।
यसैक्रममा, जर्मनी लग्जरी अटोमोबाइल ब्राण्ड बीएमडब्ल्यूको आइएक्स वान इलेक्ट्रीक स्पोर्ट्स एक्टीभ भेहिकल (एसएभी) नेपाल भित्रिएको छ । नेपालका लागि बीएमडब्ल्यूको आधिकारिक वितरक लक्ष्मी प्रिमियमले उक्त लग्जरी एसएभी ल्याएको हो ।
नेपाली बजारमा बीएमडब्ल्यू कम्प्याक्ट एसयूभी सेग्मेन्टको यो एसयूभीमा बीएमडब्ल्यूको पाँचौ जेनेरेशनको ईड्राइभ २० टेक्नलोजीको प्रयोग भएको छ । यो ईभीमा १५० किलोवाटको फ्रन्ट ड्राइभ इलेक्ट्रीक मोटर रहेको छ । जसले २०४ हर्सपावर तथा २५० न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।
यो ईभीले ८.६ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ भने टप स्पीड १७० किलोमिटर प्रतिघण्टा रहेको छ । बीएमडब्ल्यू आइएक्स वानमा ६४.७८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसको डब्ल्यूएलटीपी रेन्ज ४३० किलोमिटर रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij